जब एक यात्रीले विमान उड्नै लाग्दा आफू कोरोना संक्रमित भएको बताए…
काठमाडौं (एजेन्सी)। कोरोना महामारीका कारण संसारभर यात्राका क्रममा स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने नियम बनाइएको छ। अझ हवाई यात्रामा त धेरै सावधानी अपनाउनु पर्छ। तर भारतमा एक अनौठो घटना भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्दौरका लागि इन्डिगो विमानले उडान भर्नै लाग्दा विमानमा रहेका एक यात्रीले क्याविन क्रूलाई आफू कोरोना संक्रमित भएको जानकारी दिए।
उनले विमानमा रहेका विमान कर्मचारीलाई यो जानकारी दिएसँगै उड्नै लागेको विमानलाई पार्किङ गरियो। विमानमा रहेका सबै यात्रुलाई ओरालियो। त्यसपछि विमानलाई स्यानिटाइज गरियो। यात्रुहरुलाई अन्य विमानबाट गन्तव्यमा पुर्याइयो।
समाचार अनुसार ती व्यक्तिले विमानमा यात्रा गर्नु अगाडि पीसीआर परीक्षणका लागि स्वाब नमुना दिएका थिए। तर, रिपोटए आइनसक्दै उनी विमानद्वारा यात्रा गर्न लागे। जब विमान उड्ने तयारीमा पुग्यो, उनको रिपोर्ट मोबाइलमा आयो। उनी कोरोना संक्रमित थिए। त्यसैले उनले विमानमा रहेका विमान कर्मचारीलाई यो विषयमा जानकारी दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment