बाइडेनले हवाइ आक्रमण गर्न आदेश दिएको ठाउँमा महिला र बालबालिका भेटिएपछि…
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियामा हवाइ आक्रमण गर्नको लागि दिएको आदेश अन्तिम समयमा रद्द गरेका छन् । अमेरिकी सेनाका एक अधिकारीले एनबीसी न्यूजलाई बताएअनुसार जुन क्षेत्रमा आक्रमण गर्न आदेश दिइएको थियो त्यहाँ एक महिला र २ बालबालिका भएको थाहा पाएपछि राष्ट्रपतिले आदेश रद्द गरेका थिए ।
वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार बाइडेनले इराकमा अमेरिकी एयरबेसमा भएको आक्रमणको प्रतिक्रियास्वरुप इरान समर्थित विद्रोही गुटमाथि दुई हवाइ हमला गर्ने निर्णय गरेका थिए । एउटा आक्रमण पूरा भइसकेको थियो । तर, दोस्रो आक्रमणको आधा घण्टा पहिले इन्टेलिजेन्सले बाइडेनलाई हवाइ आक्रमण गर्न लागिएको ठाउँमा सर्वसाधारण पनि भएको सूचना दिएका थिए ।
अमेरिकी राष्ट्रपतिले आक्रमण रोक्न आदेश दिँदा लडाकु विमान उडिसकेका थिए र आफ्नो लक्ष्यतर्फ अगाडि बढ्दै थिए । बाइडेन प्रशासनले सैन्य आक्रमणको आदेश दिएको पनि यो पहिलो पटक थियो । यो आक्रमण रक्षामन्त्री लोयड अस्टिनको दिशानिर्देशपनि गरिएको थियो । पहिलो आक्रमणमा विद्रोही गुटका एक सदस्य मारिएका थिए र दुई जना घाइते भएका थिए ।
अमेरिकाको रक्षा एजेन्सी पेन्टागनले अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही गुटमाथि हवाइ आक्रमण गरेको जानकारी दिएको थियो । यो आक्रमणमा बोर्डर कन्ट्रोल प्वाइन्टमा रहेका विद्रोही गुटका कैयौं अड्डा नष्ट भएका थिए । यसअघि १५ फेब्रुअरीमा इरानमा अमेरिकी सेनाले प्रयोग गर्ने सैन्य अड्डामा आक्रमण भएको थियो । यो रकेट आक्रमणमा एक सर्वसाधारण ठेकेदारको मृत्यु भएको थियो ।







डिसी नेपाल







Facebook Comment