पिताले १७ वर्षकी छोरीको टाउको काटे, काटिएको टाउको हातमा झुण्ड्याएर गाउँ घुमे

डिसी नेपाल
२२ फागुन २०७७ १४:५६

काठमाडौं। एक पिताले आफ्नी १७ वर्षकी छोरीको टाउको काटे । त्यसपछि त्यो टाउको हातमा झुण्ड्याएर आरामसँग गाउँमा घुमिरहेका थिए । उत्तर प्रदेशको हर्दोई जिल्लाको एउटा गाउँका बासिन्दाहरू बुधबार दिउँसो त्यतिबेला स्तब्ध भए जब उनीहरूले ती व्यक्तिलाई शान्तपूर्वक आफ्नी १७ वर्षीया छोरीको काटिएकने टाउको हातमा झुण्ड्याएर सडकमा हिँडिरहेको देखे।

उत्तर प्रदेशको लखनउबाट करिब २ सय किलोमिटर टाढाको यो गाउँमा सर्वेश कुमार नामका यी व्यक्ति यसरी हिँडिरहेको देखेपछि एक जनाले पुलिसलाई खबर गरेका थिए । उनलाई रोक्न दुई पुलिस अधिकारी आए । तीमध्ये एकले फोनमा भिडियो बनाए । उनीहरुले सर्वेशसँग उनी को हुन्, कहाँका हुन्, त्यो टाउको कसको हो लगायतका कुराहरु सोधे । सर्वेशले पनि कुनै हिचकिचाहट बिना सबै कुरा बताए । भिडियोमा सर्वेशले आफ्नी छोरीको एक युवकसँग प्रेमसम्बन्ध रहेको र आफू त्यो सम्बन्धबाट असन्तुष्ट भएकोले छोरीको टाउको काटेको बताएका छन् ।

‘मैले गरेको हुँ । त्यहाँ अरु कोही थिएनन् । मैले टढोका बन्द गरें र टाउको काटें । बाँकी शरीर कोठामा छ’ भिडियोमा उनले भन्दै गरेको सुनिन्छ । पुलिसले उनलाई टाउको भुइँमा राख्न र सडकको छेउमा बस्न भन्छन् । उनले पनि खुरुखुरु पुलिसले भनेको मान्छन् । पुलिसले सर्वेशलाई पक्राउ गरी पुलिस स्टेशन ल्याएका छन् ।

‘सर्वेश नामका एक व्यक्तिले आफ्नी छोरीको हत्या गरेर काटिएको टाउको लिएर सडकमा हिँडिरहेको भेटिएका थिए । हामीले उनलाई यथासक्य छिटो पक्राउ गरेर नियन्त्रणमा राखेका छौं । हामीले एक जना पुलिसगर्मीले टाउको गलत तरिकाले बोकेको देखिएको फोटोबारे पनि गम्भीर कदम चालेका छौं । ती पुलिसकर्मी निलम्बन गरिएका छन्’ हरदोइका पुलिस अधिकारी कपिल देव सिंहले एनडिटिभीसँग भने

गएको सेप्टेम्बर महिनामा सार्वजनिक गरिएको नेशनल क्राइम रेकर्ड ब्यूरोको पछिल्लो तथ्यांकअनुसार २०१९ मा उत्तर प्रदेश महिला विरुद्ध हुने अपराधको मामिलामा भारतका राज्यहरुमध्ये पहिलो नम्बरमा थियो । उत्तर प्रदेशमा बालिकाविरुद्ध हुने अपराध पनि भारतमै सबैभन्दा धेरै भएको तथ्यांक छ । यहाँ बालिकाविरुद्ध भएका अपराधको संख्या ७ हजार ४४४ छ जबकि दोस्रो स्थानको महाराष्ट्रमा ६ हजार ४०२ र मध्य प्रदेशमा ६ हजार ५३ केस छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *