इमरान खानले प्राप्त गरे विश्वासको मत
इस्लामावाद (एजेन्सी)। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत लिएका छन्। ३४२ सिट रहेको नेशनल एसेम्बलीमा प्रधानमन्त्री खानले १७८ मत पाए।
संसदको माथिल्लो सदन सिनेटका लागि भएको निर्वाचनमा इमरान निकट एकजना मन्त्रीले हार व्यहोरेपछि इमरानले संसदबाट आफूले विश्वासको मत लिने घोषणा गरेका थिए।
उनको सो घोषणापछि शनिबार संसदमा विश्वासको मतका लागि मतदान भएको थियो।
उनले बहुमत ल्याएसँगै सरकार बलियो रहेको स्पष्ट भएको छ। पाकिस्तानले केही महिनादेखि विपक्षी दलहरु एकजुट भएर इमरान खानको राजीनामा मागिरहेका छन्। तर, संसदमा उनले बहुमत प्राप्त गरेसँगै उनीमाथिको संकट टरेको विश्लेषण गरेको छ।
६८ वर्षीय इमरान क्रिकेट खेलाडीबाट नेता बनेका थिए। पाकिस्तानलाई क्रिकेटमा विश्वकप उपाधि दिलाउने कप्तान रहेका उनी निकै लोकप्रिय खेलाडी थिए। सोही लोकप्रियताको उपयोग गर्दै उनले राजनीतिमासमेत बाजी मारेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment