प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

डिसी नेपाल
२३ फागुन २०७७ ७:०१
68
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आजकोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउनुहुने कार्यक्रम रहेको जानकारी दिए।

यसैगरी मन्त्रालयद्वारा कोभिड सम्वन्धमा जानकारी दिन आयोजित नियमित टिलिभिजन ब्रिफिङका क्रममा पनि स्वास्थ्य मन्त्री त्रिपाठीले खोप सुविधाको उपभोग गर्न सबैलाई अपिल गरे। साथै उनले सबै नागिकहरुलाई खोप सुविधा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको भन्दै बाँकी खोप पनि छिट्टै ल्याउने बताए।

सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ। सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *