एनपिएल : काठमाडौं गोर्खाजद्वारा टस जित्दै पहिला बलिङको निर्णय, कर्णाली याक्स ब्याटिङमा

डिसी नेपाल
१६ कार्तिक २०८३ १२:४२

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता, २०२६ अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहائدो बलिङ रोजेका छन्। यससँगै कर्णाली याक्सले पहिले ब्याटिङको निम्तो पाएको छ।

लगातार दुई खेलमा विजय हासिल गर्दै ४ अंक जोडेको कर्णाली याक्स हाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली आजको खेलमा पनि जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ। यसअघि कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले तथा दोस्रो खेलमा काठमाडौंलाई ४ विकेटले पराजित गरेको थियो।

यता, करण केसीको कप्तानीमा रहेको काठमाडौँ भने प्रतियोगितामा पहिलो जित निकाल्ने दाउमा छ। हाल अङ्कविहीन रहेको काठमाडौँ पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो।

दुवै टोलीको प्लेइङ-११:

काठमाडौं गोर्खाज: कप्तान करण केसी, भीम सार्की, राशिद खान, मोहम्मद आदिल आलम, सन्तोष यादव, शाहब आलम, देव शाह, रिपोन मण्डल, डेभिड वार्नर, स्मित पटेल र जहान्दाद खान।

कर्णाली याक्स: कप्तान सोमपाल कामी, गुलशनकुमार झा, नन्दन यादव, दीपक डुम्रे, उनिश सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अरिफुल इस्लाम, मार्क वाट, मोहम्मद हुसेन तलात र जिसान आलम।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *