विदेशबाट पठाएको करोडौं रकम लिएर आईएमई संचालक दाजुभाइ फरार

डिसी नेपाल
२३ फागुन २०७७ १७:०५

काठमाडौं। सप्तरीको गजेन्द्र चोकमा कपडा पसलसँगै आईएमईसमेत संचालन गरी बसेका संचालकद्वय दाजुभाइ वैदेशिक रोजगारीबाट पठाएको करोडौं रकम लिएर फरार भएका छन्। वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुले आफ्ना परिवारलाई पठाएको करोडौं रकम झिकेर संचालकद्वय संजय सिन्धी र सुनिल सिन्धी फरार भएका हुन्।

प्रहरीले आईएमई संचालक सिन्धीद्वय एकै घरका दाजुभाइ भएको बताएको छ। उनीहरु फरार भएपछि पीडित परिवारको यतिबेला विचल्ली भएको छ। दाजुभाइविरुद्ध ठगीको उजुरीको ओइरो लागेको छ। सिन्धी दाजुभाइ अफिस र पसल दुबै बन्द गरेर फरार भएको चार दिनपछि पीडितहरु उजुरी लिएर प्रहरीसमक्ष पुगेका थिए।

गत शुक्रबारसम्ममा करिब डेढ दर्जन पीडितले झण्डै २० करोड रुपैयाँको दाबी लिएर उजुरी दिएको प्रहरीले बताएको छ। विदेशबाट पठाएको रकम एकै पटक पूरै नदिई खाता खोलेर राखिदिन्छौं भनि उनीहरुले ठगिसमेत गरेको प्रहरीले जानकारी गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *