साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण

डिसी नेपाल
२३ फागुन २०७७ २०:०५

यसाना । मनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आइतबार हवाई आक्रमण गरेको स्थानीयले बताएका छन् ।

गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक हवाई आक्रमण गरेको स्थानीयहरूले बताएका हुन् । आक्रमणबाट भएका क्षतिका विवरणहरू प्राप्त भइनसकेको अरब क्षेत्रका प्रमुख टेलिभिजनहरूले बताएका छन् ।

इरानको निकट मानिने यमनी हुथी विद्रोहीले साउदी सहरहरूलाई लक्षित गरी आक्रमण बढाएपछि साउदी नेतृत्वले सानामा आक्रमण गरेको बताइएको छ ।

यमनमा सन् २०१४ पछि चलेको गृहयुद्धका कारण पछिल्ला केही वर्षहरूमा सरकार र विद्रोही पक्षबीच परस्पर ठूला आक्रमणहरू हुने गरेका छन् । यमनी हुथी समूह इरानको सहयोगमा अन्तर्राष्ट्रिय समुदायबाट मान्यता प्राप्त राष्ट्रपति अब्द रब्बु मन्सुर हाडीको सरकारी संयन्त्रविरूद्ध सङ्घर्षरत छ ।

हुथी विद्रोहीले राजधानी साना लगायतका अन्य धेरै क्षेत्र आफ्नो कब्जामा लिएपछि साउदी अरब नेतृत्वको अरब गठबन्धनले सन् २०१५ देखि राष्ट्रपति हाडीको सरकारलाई सहयोग पु¥याउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *