नदीको पानीमा विस्फोट, निस्किरहेको छ धुवाँ र अंगार
सांकेतीक तस्वीर
काठमाडौं (एजेन्सी)। भारतको उज्जैनको एक नदीमा लगातार विस्फोट जस्तो अनौठो घटना भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार उज्जैनको पुण्यसलिला क्षिप्रा नदीमा विस्फोट भइरहेको छ।
नदीमा लगातार विस्फोट भएपछि स्थानीय प्रशासन सतर्क भएको छ। नदीमा विस्फोट हुँदा धुवाँ र अंगार निस्किएको जनाइएको छ। नदीमा पहिलो विस्फोट २६ फेब्रुअरीमा भएको थियो। त्यसपछि निरन्तर विस्फोट भइरहेको छ।
उज्जैनका कलेक्टरले विस्फोट भइरहेपछि त्यहाँ कर्मचारी खटाइएकोसमेत बताएका छन्। नदीमा अचानक लगातार विस्फोटका घटना भएपछि स्थानीयहरु त्रसित भएका छन्। विस्फोटको कारण भने पत्ता लाग्न सकेको छैन। भारतीय भुगर्भ विभागले अनुसन्धान गर्ने जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment