नुनदेखि सुनसम्म क्युआर कोडमार्फत, महिनामा हुन थाल्यो अर्बौंको कारोबार

उपेन्द्र शाही
२५ फागुन २०७७ ७:५३

काठमाडौं। नेपालमा पछिल्लो समय ‘डिजिटल पेमेन्ट’ विद्युतिय भुक्तानीका लागि क्युआर कोडको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ। मानिसहरू नुनदेखि सुनसम्म यही क्युआर कोडमार्फत किन्न थालेका छन्। छिटो, सजिलो तथा सुरक्षित भुक्तानीको माध्यमका रुपमा रहेकोले प्रयोगकर्ता बढेको नेपाल राष्ट्र बैंकले बताएको छ। सरल तथा सुरक्षित हुनुकासाथै स्मार्ट फोन र इन्टरनेटको सहज पहुँचका कारण प्रयोग विस्तार भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए।

राष्ट्र बैंकले दिएको तथ्याकंअनुसार पछिल्लो ६ महिनामा क्युआरकोडमार्फत ५ अर्ब ६६ करोड भन्दा धेरै रकमको कारोबार भएको छ। यस्तै क्युआर कारोबार संख्यामा पनि उल्ख्ये वृद्धि भइरहेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा नकारात्मक असर पारे पनि डिजिटल प्लेर्टफार्ममा भने सकारात्म प्रभाव परेको छ। खासगरी डिजिटल भुक्तानी गर्ने मानिसहरुको संख्या ह्वात्तै बढ्न गएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण मानिसहरुर्मा वर्क र्फम होम’ को संस्कृति विकसित भयो। त्यसले पनि यस्ता माध्यमको विकास र विस्तार हुनमा टेवा पुगेको जानकारहरु बताउँछन्।

गत साउन महिनामा एक लाख ९५ हजार १६ पटक भएको काराबारोबाट ५८ करोड ९० लाख बढी रकमको कारोबार भएको थियो। राष्ट्र बैंकले दिएको तथ्याकंअनुसार भदौमा ६४ करोड ८० लाख, असोजमा ९६ करोड ९० लाख, कात्तिकमा ९३ करोड ९० लाख, मंसिरमा १ अर्ब २५ करोड ५६ लाख र पुषमा १ अर्ब २४ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ।

क्युआर कोडको पुरा रुप क्विक रेस्पोन्स अर्थात नेपालीमा छिटो प्रतिक्रिया दिने भनेर बुझिन्छ। क्युआर कोडको प्रयोग सर्वप्रथम अलि पे कम्पनीले सन् २०११ मा चीनबाट गरेको हो। राष्ट्र बैंकले दिएको जानकारीअनुसार नेपालमा आाइएमई पे ले सन् २०१७ बाट र फोन पे ले सन् २०१८ मा प्रयोग सुरुवात गरेको थियो।

यस्तै,  प्रयोगकर्ता र क्युआर कोड प्रयोग संख्यामा उल्लेखय वृद्धि भएको छ। पछिल्लो तीन महिनामा क्रमशः कात्तिकमा २ लाख ४१ हजार ८ सय १८ पटक, मंसिरमा ३ लाख ४३ हजार ५ सय ७४ पटक र पुसमा ३ लाख ७२ हजार १ सय ७६ पटकको कारोबार कारोबार भएको छ। यसले पनि पछिल्लो समय क्युआर कोड प्रयोग अत्याधिक प्रयोगमा आएको देखाउँछ।

के हो क्युआर कोड? कसरी प्रयोग गर्न सकिन्छ?

क्युआर कोडको पुरा रुप क्विक रेस्पोन्स अर्थात नेपालीमा छिटो प्रतिक्रिया दिने भनेर बुझिन्छ। क्युआर कोडको प्रयोग सर्वप्रथम अलि पे कम्पनीले सन् २०११ मा चीनबाट गरेको हो। राष्ट्र बैंकले दिएको जानकारीअनुसार नेपालमा आाइएमई पे ले सन् २०१७ बाट र फोन पे ले सन् २०१८ मा प्रयोग सुरुवात गरेको थियो।

सुरुवातमा यो खासगरी कुनै सामान पहिचान, वेवसाइट, अध्ययन तथा व्यक्तिको परिचयलगायतका कुराहरु पत्ता लगाउन प्रयोग हुँदै आएको थियो। पछिल्लो समय भने यसको प्रयोग विभिन्न प्रायोजनका लागि गर्न थालिएको छ। बैंक तथा वित्तीय संस्थाले क्युआर कोडमा ध्यान दिन थालेसँगै डिजिटल पेमेन्टका लागि क्युआर कोडको प्रयोग ह्वात्तै बढेको छ।

क्युआर कोडकालागि आवश्यक महत्वपुर्ण वस्तु क्युआर कोड र कोड रिडर हो। कोडमा सेवाप्रदायकले जे जे कुराहरु राख्न चाह्यो त्यो राख्न मिल्ने सुविधा यसमा हुन्छ। तर, पेमेन्ट हुने भनेको सिधै मोबाईलबाट हुने हैन। यसका लागि बैंक पनि आवद्ध हुनुपर्दछ भने स्मार्ट फाेन अनिवार्य हुनुपर्छ।

बैंकहरुले सेवाग्राहीहरुको मोबाइलमा विभिन्न प्रणालीमार्फत क्युआर कोड रिडरको सेवा दिन्छन्। बैंकहरुले दिने प्रणालीमा इन्टरनेट बैंकिङसम्बन्धी कुनैपनि एप्स वा बैंककै एप्सहरु हुन सक्छन्।

कुनैपनि कर्पोरेट हाउसमा सेवाग्राहीले नोट नबोकिकनै स्मार्ट मोबाइल भएको खण्डमा मोबाइलबाटै पैसा तिर्न सकिनेगरी बैंकहरुले प्रणाली विकास गरेका हुन्छन्। क्युआर कोड पनि इन्टरनेट बैंकिङकै एक पाटो भएकाले यसले हालको मोबाईल बैंकिङ, एटिएम भुक्तानी, पीओएस भुक्तानीलगायतलाई पनि रुपान्तरण गरेको छ।

अर्थतन्त्रमा प्रभाव

हाल सरकारले नै क्युआर कोड प्रयोगमा अभियान चलाउन थालेको छ। यसको प्रयोगलाई अझै व्यापक रुपमा विस्तार गर्न सकिएमा अनौपचारिक अर्थतन्त्रको आकार घटाउन मद्दत पुग्नुकासाथै अर्थतन्त्रमा हुने प्रत्येक कारोबारहरुको रेकर्ड विद्युतीय माध्यममा हुने भएकाले समग्र अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास लिईएको छ।

यसका लागि भरपर्दो इन्टरनेट सेवा आवश्यक पुर्वाधारको रुपमा रहेकोले इन्टरनेट सेवाको गुणस्तर सुधारका लागि संवन्धित सरकारी नियामक निकायहरु मार्फत सेवा प्रदायकहरुसँग आवश्यक समन्वय गरेर अगाडी बढ्ने राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *