दमको इन्हेलरको भित्रपट्टि अत्यन्तै विषालु सर्प देखिएपछि…
काठमाडौं। दमको समस्याबाट पीडित एक किशोरीले आफ्नो दमको इल्हेलरको भित्रपट्टि अत्यन्तै विषालु सर्प देखिएपछि उनको सातो गयो । यी किशोरीले क्न्सिल्याण्डको ब्ली ब्लीमा रहेको आफ्नो घरमा धुनको लागि कपडा जम्मा गर्ने क्रममा एउटा ‘रेड बेलीड’ कालो सर्प कपडाबाट निस्केर भुइँमा आएको देखिन् । पछि उनको डर झनै बढ्यो जब उनले आफ्नो दमको इल्हेलरभित्र यही प्रजातिको बच्चा सर्प देखिन् ।
उनले तत्कालै ‘सनसाइक कोस्ट स्नेक क्याचर्स’मा फोन गरिन् जसले ती सर्पहरुलाई सुरक्षित तरिकाले समातेर अन्यत्र लगेका छन् । सर्प समात्ने टिमका सदस्य स्टुआर्ट म्याकेन्जीले अस्ट्रेलियाको नाइन न्यूजसँग भने ‘यो अत्यन्तै अविश्वसनीय ठाउँ थियो जहाँ हामीले यसअघि सर्प फेला पारेका थिएनौं । त्यसलाई (इन्हेलरलाई) उठाउँदा त्यसभित्र सर्प देखिएको अवस्था मैले कल्पना पनि गर्न सक्दिन ।’
रेड बेलीड कालो सर्पहरुलाई अस्ट्रेलियाका सबैभन्दा विषालु सर्पमध्ये दसौं स्थानको मानिन्छ र यसले एक पटक टोकेर मानिसको ज्यानै लिन सक्छ । यद्यपि त्यो सर्प सानै थियो तर यदि त्यो डराएको वा त्यसलाई जिस्क्याइएको अवस्थामा त्यसले खतरनाक तरिकाले डस्न सक्ने म्याकेन्जी बताउँछन् । ‘सम्भवतः उनीहरु जाडो सुरु नहुँदै त्यो समयको लागि खानेकुरा जम्मा गर्ने प्रयासमा थिए’ उनले भने ।







डिसी नेपाल







Facebook Comment