आज फागुन २६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
आज वि.सं.२०७७ साल फागुन २६ गते, बुधबार । सन् २०२१ मार्च १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । द्वादशी तिथि । चन्द्रमा मकर राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः२१ र सूर्यास्त बेलुकी ६ः८ मिनेटमा
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) क्षमताको कदर मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । नोकरीमा सहजता हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वैदेशिक सहयोग मिल्नेछ । धार्मिक काममा समय जानेछ । सामाजिक व्यस्तता बढ्नेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) काम अधुरो हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । झुटो आरोप आउनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ ठाउंमा यात्रा हुनेछ । प्रेममा खुशी बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रोजगारीमा खुसी मिल्नेछ । मुद्दा मामिलामा राहत हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सन्तानको साथ सहयो्ग पाइनेछ । आम्दानीको स्तर बढ्नेछ। कला संगीतमा रुचि जानेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मित्रतामा तिक्तता बढ्नेछ । स्त्री पक्षसँग भनाभन हुनेछ। स्वास्थ्यमा तलमाथी पर्नेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काममा नया जिम्मेवारी मिल्नेछ । छोटो यात्रा हुनेछ। बन्धुबान्धवको सहयोग मिल्नेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वोली बचनले साथ दिनेछ। धनसम्पति कारोबार बढ्नेछ खेलकुदमा प्रगति मिल्नेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रिय मित्र भेट हुनेछ । अध्ययनमा सफलता मिल्नेछ। अरुको लागि दिन बित्नेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अनावस्यक खर्च बढ्नेछ। नोक्सानी बेहोर्नुपर्नेछ। नया काम अधुरो रहनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषिबाट धनार्जन हुनेछ। आफन्तको सहयोग मिल्नेछ। विलासितामा पैसा जानेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment