फ्रान्सको आणविक परीक्षणबाट १ लाख १० हजार मानिस प्रत्यक्ष रुपमा प्रभावित
काठमाडौं। फ्रान्सले १९६० को दशकदेखि १९९० को दशकसम्म आफूले प्रशान्त क्षेत्रमा गरेका आणविक परीक्षणले गरेका असरहरुलाई लुकाएको एक अध्ययनले खुलासा गरेको छ । अनुसन्धानकर्ताहरुले वर्गीकृत फ्रेन्च सैन्य दस्तावेन, हिसाब र साक्षीहरुको प्रयोग गरेर फ्रान्सको आणविक परीक्षणले गरेको प्रभावको अध्ययन गरेका हुन् । अनुसन्धानकर्ताहरुले फ्रेन्च पोलिनेसियाका करिब १ लाख १० हजार मानिसहरु रेडियोधर्मी विकिरणबाट प्रत्यक्ष रुपमा प्रधावित भएको मोटामोटी तथ्यांक निकालेका छन् ।
बीबीसीका अनुसार यो संख्या फ्रेन्च पोलिनेसियामा त्यतिबेला बसोबास गर्ने लगभग पूरै जनसंख्या हो । ताहिटीसहित सयौं टापुहरु मिलेर बनेको फ्रेन्च पोलिनेसिया फ्रान्स प्रशासित प्रशान्त महासागरको षेत्र हो । यहाँ त्यो ३० वर्षको अवधिमा कैयौं आणविक परीक्षण भएका थिए । २ वर्षसम्म चलेको अध्ययनमा अनुसन्धानकर्ताहरुले फ्रान्सको सेनाले जारी गरेका करिब २ हजार दस्तावेजको विश्लेषण गरेर १९६६ देखि १९७४ सम्म फ्रान्सले गरेको सबैभन्दा प्रदूषित आणविक परीक्षणको प्रभाव निकालेका हुन् ।







डिसी नेपाल







Facebook Comment