जुम्ल्याहा दाजुभाइको जुम्ल्याहा दिदीबहिनीसँग बिहे, दुवै जोडी एउटै घरमा बस्दा कस्तो हुन्छ ?
काठमाडौं। एक जोडी दुरुस्तै देखिने जुम्ल्याहा दाजुभाइले अर्को जोडी जुम्ल्याहा दिदीबहिनीसँग बिहे गरे । अहिले उनीहरु एउटै घरमा बस्छन् । इन्डोनेसियाको सुमेदाङ सहरमा एक स्कुलमा पढ्ने क्रममा २० वर्षका एल्वान्दा जुलियानोप हिदायतको १९ वर्षकी रानी नुरहाएनीसँग प्रेम सुरु भएको थियो । त्यसपछि यी दुवैले आफ्ना भाइ तथा बहिनीको जोडी मिलाइदिए ।
एल्वान्दाका भाइ एल्विन्दी जुनियान्फी र रानीकी बहिनी रिना नुरहाएनीको बीचमा पनि प्रेम सुरु भयो । यी दुवै जोडीले संयुक्त समारोहमा गएको फेब्रुअरी २७ मा बिहे गरे । अहिले उनीहरु एउटै घरमा बस्छन् । तर, यो घरमा बस्दा उनीहरु आफैं पनि झुक्किने गरेका छन् । उनीहरुले कुन को हो भन्ने चिन्न आफूहरुलाई नै समस्या हुने गरेको स्वीकार गरेका छन् ।
द सनको रिपोर्टअनुसार एल्विन्दीले स्थानीय मिडियासँग भने ‘कहिलेकाहीँ हामी आफैं अलमलमा पर्छौं । म रानीसँग कुरा गरिरहेको ठानेर बोलिरहेको हुन्छु तर म रिनासँग कुरा गरिरहेको हुन्छु ।’ यी दाजुभाइका पिता होपी हिदायतका अनुसार जब एल्विन्दीले आफ्नी गर्लफ्रेण्डलाई परिवारसँग परिचित गराउँदा आफूहरु चकित परेको बताए ।
उनले भने ‘जब मैले उनलाई हेरें मलाई लाग्यो उनी एल्विन्दीका जुम्ल्याहा दाजुकी गर्लफ्रेण्ड हुन् ।’ यी दुई जोडी यो महिनाको सुरुवातमा स्थानीय ट्रान्स टिभीको कार्यक्रम ब्रो निजमा सहभागी भएका थिए । यी चारै जना परिवारका अरु सदस्यहरुको साथमा विदा मनाउन पनि गएका छन् । यी चारैजनाले आफ्नो नयाँ जीवनमा खुसी भएको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment