उडिरहेको जहाजमा महिलाले कपडा खोल्न थालेपछि चालकदलले डोरीले बाँधिदिए
काठमाडौं। एक महिलाले उडिरहेको जहाजमा पटक पटक आफ्नो कपडा खोल्न थालेपछि चालकदलका सदस्यले उनलाई उनको सिटसँग डोरीले बाँधिदिएका छन् । यी महिलाले चालक दलले रोक्दा रोक्दै पनि पटक पटक आफ्नो कपडा खोल्ने कोसिस गरिरहेकी थिइन् । महिलालाई त्यसो नगर्न भन्दा पनि उनले नमानेपछि अन्ततः उनलाई डोरी र टेपको सहायतामा सिटसँग बाँधिएको हो ।
डेलीमेलका अनुसार यो घटना रुसको एक उडानमा भएको हो । रिपोर्टअनुसार ३९ वर्षकी यी महिलाले उडानका क्रममा निकै विचित्र व्यवहार गरिरहेकी थिइन् । उनले केबिन क्रुको निर्देशनको पालना समेत गरिरहेकी थिइनन् । रिपोर्टअनुसार जब विमान उड्यो त्यसपछि यी महिला आफ्नो सिटबाट उठिन् र विमानभित्र आत्तिएको जस्तो गरी यता र उता हिँड्न थालिन् । भ्लादिभोस्तोक विमानस्थलबाट उडेको १५ मिनेट पछि नै यी महिलाले आफ्नो कपडा खोल्न थालिन् ।

यी महिलाले केबिन क्रुको निर्देशनलाई पूरै बेवास्ता गरिरहेकी थिइन् । यी महिलाको यस्तो हालत देखेपछि केबिन क्रुका सदस्य र अन्य केही यात्रुहरु मिलेर यी महिलालाई नियन्त्रणमा लिए । त्यसपछि उनलाई एउटा डोरी, टेप र सिट बेल्टको सहायताले बाँधिदिए ताकि ती महिलाले कपडा खोल्न नसकुन् र अन्य कुनै यात्रुलाई क्षति पुर्याउन नसकुन् ।
यी महिलाले बाँकी यात्रा बाँधिएकै हालतमा पूरा गरिन् । केही यात्रुले यात्राभरी उनको निगरानी गरिरहेका थिए । उडान नोभोसीब्रिस्क तोल्माचेभो विमानस्थलमा अवतरण भएपछि महिलालाई विमानबाट ओरालियो त्यसपछि रुसको पुलिसले उनलाई हिरासतमा लिएको छ । पुलिससँगको सोधपुछमा महिलाले आफूले विमानमा चढ्नुभन्दा पहिले लागूऔषध सेवन गरेको स्वीकार गरेकी छिन् ।







डिसी नेपाल







Facebook Comment