फ्रान्समा मुस्लिम अतिवादीले टाउको छिनाएका शिक्षकको हत्याको कारण १३ वर्षकी बालिका

डिसी नेपाल
२६ फागुन २०७७ १५:१४
35.3k
Shares

काठमाडौं। हजरत मोहम्मदको कार्टुनका विषयमा सुरु भएको विवादमा मुस्लिम अतिवादीले टाउको छिनाइदिएका फ्रान्सका एक शिक्षकको हत्यामा आफ्नो पनि भूमिका रहेको १३ वर्षकी एक छात्राले खुलासा गरेकी छिन् । यी बालिकाको पहिचान खुलाइएको छैन । ती बालिकाको दावी अनुसार उनले आफ्ना पितालाई ती शिक्षक सामुएल पेटीले अभिव्यक्ति स्वतन्त्रताको विषयका कक्षामा मोहम्मदको कार्टुन देखाउनुअघि मुस्लिम विद्यार्थीहरुलाई कक्षाबाहिर जान भनेको बताएकी थिइन् ।

यो कार्टुन चार्ली हेब्दो पत्रिकामा प्रकाशित भएको थियो । ती बालिकाले पितालाई यस्तो बताएपछि उनका पिताले यस विषयमा कानुनी उजुरी दर्ता गरेर ती शिक्षकविरुद्ध अनलाइन अभियान नै सुरु गरेका थिए । उनले अनलाइनमा यो अभियानका लागि पोस्ट गरेको भिडियोले मुस्लिम समुदायमा आक्रोश बढाएको थियो । यो भिडियो हेरेपछि नै १८ वर्षका अब्दुल्लाख अन्जोरोभ ती शिक्षकको हत्या गर्न पेरिस आएका थिए ।

ती बालिकाका वकिल एम्बेको ताबुलाका अनुसार खासमा ती बालिका कार्टुन देखाइने दिन स्कुल नै गएकी थिइनन् । उनका साथीहरुले उनलाई यस विषयमा बोलिदिन अनुरोध गरेपछि उनले आफ्ना पितासँग झुट बोलेकी थिइन् । ती बालिका आफ्ना पितालाई खुसी पार्न चाहन्थिन् त्यसैले उनले यो दावी फैलाएकी थिइन् । खासमा ती बालिका त्यो कक्षाको दिन भन्दा अघिल्लो दिन नै स्कुलबाट निकालिएकी थिइन् किनकि उनी लामो समयसम्म गयल भएकी थिइन् । तर, उनले पितालाई यो कुरा बताउन डराएपछि झुटो कुरा सुनाएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *