एउटा अन्तरवार्ताको लागि टिभी च्यानलले यी महिलालाई दियो ८२ करोड रुपैयाँ
काठमाडौं। एक टेलिभिजन च्यानलले एक महिलालाई मात्रै एउटा अन्तरवार्ताको लागि ८२ करोड रुपैयाँ तिरेको छ । यो अन्तरवार्ता बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलको हो । अहिले यो अन्तरवार्ता निकै चर्चामा छ । यो अन्तरवार्ता अमेरिकाको टेलिभिजन च्यानल सीबीसीमा प्रसारण भएको थियो । यो अन्तरवार्तामा ह्यारी र मेगनले बेलायतको शाही परिवारका बारेमा कैयौं गम्भीर खुलासा गरेका थिए जसले अहिले अन्तर्राष्ट्रिय राजनीतिमा तरंग ल्याइदिएको छ ।
पछिल्लो समय यो अन्तरवार्ता यसको मूल्यका कारण पनि चर्चामा छ । यो अन्तरवार्ताको लागि सीबीसी च्यानलले अन्तरवार्ता लिने महिलालाई कम्तीमा ७ मिलियन अमेरिकी डलर (८२ करोड रुपैयाँ) देखि बढीमा ९ मिलियन डलर (१ अर्ब ५ करोड रुपैयाँ) तिरेको एक रिपोर्टमा दावी गरिएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्टका अनुसार सीबीसी च्यानलले अमेरिकाकी चर्चित टेलिभिजन प्रस्तोता ओप्रा विनफ्रेलाई यो अन्तरवार्ता प्रसारणको अधिकार किन्नको लागि यति ठूलो रकम तिरेको हो । जबकि ह्यारी र मेगनलाई भने यो अन्तरवाताृको लागि कुनै पैसा दिइएको छैन ।
६७ वर्षकी ओप्रा टक शो होस्ट, टिभी कार्यक्रम उत्पादक, अभिनेत्री, लेखिका र समाजसेवी पनि हुन् । फोर्ब्सका अनुसार ओपको कूल सम्पत्ति २.७ बिलियन डलर छ । तर उनको जन्म भने गरिब परिवारमा भएको थियो र उनको सुरुवाती जीवन निकै संघर्षमा बित्यो । ओप्रासँग ह्यारी र मेगनको २ घण्टाको अन्तरवार्ता आइतबार राती प्रसारण भएको थियो ।







डिसी नेपाल







Facebook Comment