आमाले बिरालो मार्न भनेर विष हालेको दुध १२ वर्षका छोराले पिएपछि…

डिसी नेपाल
२६ फागुन २०७७ १७:१४
656
Shares

काठमाडौं। एउटी आमाले घरमा दुःख दिइरहने बिरालो मार्नको लागि दूधमा विष हालेर खुवाउने योजना बनाइन् । उनले दुधमा विष पनि हालिन् तर दुधमा विष हालेको कुरा घरमा परिवारका अरु सदस्यहरुलाई बताउन भने बिर्सिइन् । महिला घरमा नभएका बेला महिलाका १२ वर्षका छोराले दुध फेला पारे । उनलाई आमाले दुधमा विष हालेको कुरा थाहा भएन र उनले दुध पिए ।

भाग्यवश बालकको ज्यान भने जान पाएन । अहिले ती बालकको अस्पतालमा उपचार भइरहेको छ । भारतको झारखण्ड राज्यको गढवा जिल्लामा भएको घटनामा विषाक्त दुध पिएपछि बिरामी परेका बालकलाई परिवारले तत्कालै अस्पताल पुर्याएपछि उनको ज्यान बचेको छ । महिलाका अनुसार उनले दुधमा विष हालेको कुरा घरमा कसैलाई पनि बताएकी थिइनन् । उनका छोरा बाहिर खेलेर आएपछि उनले दुध पिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.