पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण, गम्भीर अवस्थामा अस्पताल भर्ना
काठमाडौं। भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ । बुधबार विधानसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न गएकी बनर्जीले आफूमाथि ४–५ जना पुरुषले आक्रमण गरेको बताउँदै यो आक्रमण नियोजित भएको बताएकी छिन् । नन्दीग्रामको हाइप्रोफाइल सिटमा ममताले प्रतिस्पर्धी सुभेन्दु अधिकारीविरुद्ध चुनाब लड्दैछिन् ।
हिन्दूस्तान टाइम्सका अनुसार तृणमूल कांग्रेसका नेताहरुले यो घटना बुधबार बेलुकी करिब साढे ६ बजे भएको बताएका छन् । त्यतिबेला ममता स्थानीय मन्दिरमा पूजा समेत फर्किने तयारी गर्दै थिइन् । उनले भीडसँग कुराकानी गरिरहेका बेला आक्रमणकारी व्यक्तिहरु ममतासम्म पुगेको बताइएको छ ।
‘म कारभित्र थिएँ र जनतालाई अभिवादन गरिरहेकी थिएँ । त्यही बेला ती व्यक्तिहरु आए र ढोका हाने । मेरो खुट्टामा चोट लागेको छ । त्यहाँ धेरै मानिसहरु थिए तर ४–५ जना मानिसहरुले जानाजान आक्रमण गरे । निश्चित रुपमा यो षड्यन्त्र हो’ ममताले भनिन् । उनले भारतीय निर्वाचन आयोगमा उजुरी दिने बताएकी छिन् । ६६ वर्षकी ममतालाई सामान्यतया जेड प्लस सुरक्षा दिइन्छ । उनले घटनाको बेलामा आफूलाई ज्वरो आएको र घटनास्थलमा कुनै स्थानीय पुलिस पनि नभएको बताएकी छिन् ।







डिसी नेपाल








Facebook Comment