कोरोनापछिको शिवरात्रि (फोटो फिचर)

एसके शर्मा
२७ फागुन २०७७ १४:०३

काठमाडौं । हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि पूजा गर्नेको भीड लागेको छ ।

धूप, दीप, फूल, अक्षता, बेलपत्र, धतुरो, मिष्ठान्न, दूध, दही, घिउ, सख्खरसहित पूजा सामग्रीका साथ धर्मावलम्बी लाम लागेर मन्दिरमा पूजापाठ गरिरहेका छन् ।

बिहानदेखि नित्यकर्मका साथ चोखो भई बालबालिका, वृद्धवृद्धा, महिला र पुरुषले सो मन्दिरमा पूजापाठ गर्नाका साथै प्रसाद चढाएका छन् ।

मन्दिर परिसरमा भजनकीर्तन, नाचगान गरिएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् ।

पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् ।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ ।

मास्क नलगाई आउने भक्तजनलाई फर्काइएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न पशुपति क्षेत्र विकास कोषले जनाएको भक्तजनलाई आह्वान गरेको छ ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *