आङ सान सू चीमाथि गैरकानुनी रूपमा पैसा र सुन लिएको आरोप
बीबीसी । म्यान्मारका सैन्य शासकहरूले नेत्री आङ सान सू चीले गैरकानुनी रूपमा छ लाख डलर र सुन स्वीकार गरेको आरोप लगाएका छन्।
फेब्रुअरी १ मा सैनिक कू गरेर सू ची र म्यान्मारको प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित नेतृत्वलाई अपदस्थ गरेपछि सू चीमाथि लगाइएको सबैभन्दा गम्भीर आरोप हो। आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने सेनाले दिएको छैन। सेनाले सू चीलाई अज्ञात स्थानमा राखेको छ।
उनीमाथि रेडिओ उपकरण राखेको, कोभिड नियन्त्रणका लगाइएका प्रतिबन्धात्मक नियमहरू भङ्ग गरेको तथा नागरिकमा डरत्रास फैलाइएको आरोप पनि लगाइएको छ।
सू चीले गैरकानुनी रूपमा ग्रहण गरेको भनिएको सुनको मूल्य लगभग साढे चार लाख पाउन्ड छ। म्यान्मारमा कूको विरोधमा प्रदर्शन जारी छ र बिहीवार कम्तीमा सात जना मारिएपछि मृतकको कुल सङ्ख्या ६० नाघेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment