भागिरथी हत्याका अभियुक्त दिनेश भट्ट बाल सुधारगृहमा
काठमाडौँ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षिया भागिरथी भट्टको बलात्कारपछि हत्या गरेको सोही ठाउँको अभियुक्त दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ।
डाेटी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार भट्टलाई बिहीबार टोटी बालसुधार गृहमा ल्याइएको छ । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण बालक भएको भन्दै दिनेशलाई पुर्पक्षका लागि डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई सोही विद्यालयमा पढ्ने दिनेश भट्टले बलात्कारपछि हत्या गरेका थिए । भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो । अभियुक्त भट्टलाई कारावास सजाय भने अदालतले अहिलेसम्म फैसला नभएको प्रहरीले जनाएको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment