राजपरिवार रङ्गभेदी छैन: राजकुमार विलियम

डिसी नेपाल
२८ फागुन २०७७ १७:०४
248
Shares

बीबीसी । ब्रिटिश राजकुमार विलियमले राजपरिवार रङ्गभेदी परिवार नभएको बताएका छन्। भाइ राजकुमार ह्यारी र भाइबुहारी मेगन मार्कलको अन्तर्वार्तापछि ड्यूक अफ क्रेम्ब्रिजले पहिलो प्रतिक्रिया दिने क्रममा आफूले भाइसँग कुरा नगरेको तर गर्ने बताए।

ह्यारी र मेगनले छोराको जन्म हुनुअघि उसको राजदरबारमा छालाको रङ्गको चर्चा भएको बताएका थिए। राजदरबारले यो विषय गम्भीर रहेको तर त्यसलाई दरबारमै सुल्झाइने बताएको थियो।

लन्डनको एक विद्यालयको भ्रमणका क्रममा विलियमलाई एक पत्रकारले के राजपरिवार रङ्गभेदी परिवार हो भनी सोधेका थिए। त्यसको जबाफमा उनले भने, “हामी रङ्गभेदी परिवार होइनौँ।”

भाइसँग अन्तर्वार्तापछि कुरा भएको छ भनी सोधिएको प्रश्नको जबाफमा उनले भने, “छैन। मैले अहिलेसम्म उनीसँग कुरा गरेको छैन तर म गर्नेछु।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *