भारतीय सहरमा फेरि लकडाउन

डिसी नेपाल
२८ फागुन २०७७ १८:१३
80
Shares

बीबीसी । कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेपछि पश्चिम भारतको नागपुर पूर्ण लकडाउन पुनः लागु गर्ने पहिलो ठूलो सहर बनेको छ। मार्च १५ सोमवार सुरु हुने साताव्यापी लकडाउन नागपुर वरपरका जिल्लाहरू पनि लागु हुने बताइएको छ।

नागपुर रहेको महाराष्ट्र राज्य पहिलेदेखि नै सबैभन्दा धेरै सङ्क्रमित भएका कारण सङ्क्रमणको केन्द्रमा रहेको छ। भारतमा हालसम्म एक करोड १० लाखभन्दा बढीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १५७,००० भन्दा बढीको मृत्यु भइसकेको छ।

हालैका महिनामा सङ्क्रमण बढेको र महाराष्ट्रसहित छ राज्यमा फेरि बढ्न थालेको तथ्याङ्क छ। महाराष्ट्रकै अमरावती जिल्लामा फेब्रुअरीमै साताव्यापी लकडाउन गरिएको थियो।

वैज्ञानिकहरूले नयाँ प्रकारको कोरोनाभाइरसका कारण सङ्क्रमण फेरि बढ्न थालेको हुनसक्ने बताएका छन्। भारतमा अहिलेसम्म दुई करोडभन्दा बढीलाई कोभिड खोपको कम्तीमा एक मात्रा दिइसकिएको छ।

नागपुरमा गएको दुई साता प्रतिदिन एक हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको थियो। गत २४ घण्टामा त्यहाँ २,००० भन्दा बढी सङ्क्रमित थपिएका छन्। भारतभरिमा महाराष्ट्रकै पुणेपछि नागपुर १३,८०० सक्रिय सङ्क्रमित सहित सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएको जिल्लामा पर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *