श्रीमान श्रीमती दुवै रक्सीले मातेर ४ महिनाका छोरामाथि सुते, छोराको ज्यान गएपछि पक्राउ
काठमाडौं। श्रीमान श्रीमती दुवै रक्सीले मातेर ओच्छ्यानमा सुत्दा ४ महिनाका छोरामाथि सुतेपछि छोराको ज्यान गएको छ । दक्षिणपूर्वी स्पेनको अल्हामा डे मुर्सियामा भएको यो घटनापछि ती मातापितालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । स्थानीय रिपोर्टका अनुसार दुवै दम्पतीले मदिरा पिएको पुष्टि भएको छ ।
द सनका अनुसार दम्पतीले शुक्रबार बिहान अत्याधिक मदिरा पिएर आफ्ना ४ वर्षका छोरा सुतिरहेको बेडमा सुतेको स्वीकार गरेका छन् । उनीहरु बिउँझिँदा छोरा मृत अवस्थामा भेटेपछि उनीहरुले इमरजेन्सी सर्भिसमा फोन गरेका थिए । पुलिसले उनीहरु मदिराले मातेर बच्चामाथि नै सुतेपछि बच्चाको थिचिएर मृत्यु भएको आशंका गरेको छ । यसको पुष्टिको लागि फरेन्सिक जाँच भइरहेको छ ।
यो दम्पतीका अन्य ४ सन्तान समेत भएको बताइएको छ । उनीहरुको उमेर खुलाइएको छैन र उनीहरु बोलिभियाका नागरिक भएको बताइएको छ । उनीहरुका अन्य सन्तानको हेरचाह एक आफन्तले गरिरहेका छन् । अटोप्सी रिपोर्ट आएपछि उनीहरुमाथि कस्तो मुद्दा चलाउने भन्ने निश्चित हुनेछ । स्थानीय रिपोर्टका अनुसार बच्चाको शरीरमा थिचिएको स्पष्ट देखिने चिन्हहरु छन् ।







डिसी नेपाल








Facebook Comment