ओली र नेपालबीच भेटवार्ता हुँदै

डिसी नेपाल
२ चैत २०७७ १०:३६
248
Shares

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन ओली समूह र नेपाल समूह वार्तामा बस्ने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल पक्षलाई छलफलका लागि बोलाएका छन्।

स्रोतका अनुसार आज विहान ११ बजे दुवै समूहका नेताहरु वार्तामा बस्ने भएका छन्। पार्टी कार्यालय धुम्बारहीमा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागि हुने छन्।

नेपाल समूहबाट झलनाथ खनाल र माधव कुमार नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन्। उक्त समूहले आइतबारमात्र ओली विरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिष्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *