४० वर्षदेखि बिना सुनुवाइ भारतको जेलमा रहेका दुर्गाप्रसादको मुद्दामा ऐतिहासिक फैसला हुने
भारतको जेलमा रहेका दुर्गाप्रसाद तिम्सिनाकी आमा।
काठमाडौं। ४० वर्षदेखि बिना सुनुवाइ भारतको जेलमा बन्दी जीवन बिताइरहेका नेपाली दुर्गाप्रसाद तिम्सिनाको मुद्दामा ऐतिहासिक फैसला हुने भएको छ । यो फैसलाले दुर्गाप्रसाद मात्र नभउ उनीजस्तै मानसिक अवस्था कमजोर भएकाहरुको समस्यालाई पनि सम्बोधन गर्ने मुद्दाको सुनुवाइ गरेका न्यायाधशिले बताएका छन् । कलकत्ता उच्च न्यायालयमा सोमबार अन्तिम सुनुवाइपछि न्यायाधशिले यस्तो बताएका हुन् ।
भारतीय जेलको रेकर्डमा पहिले दीपक जैसी नाम दर्ता गरेर राखिएका दुर्गाप्रसादको मुद्दा सुनुवाइ नै नभएको खुलासापछि पछिल्लो समय उनको मुद्दाको सुनुवाइ सुरु भएको थियो । उनको मुद्दामा सोमबार हुने सुनुवाइ अन्तिम सुनुवाइ हुने र उनी सोमबार नै जेलबाट छुट्ने अपेक्षा गरिएको थियो । सोमबारको सुनुवाइ अन्तिम त भयो तर न्यायाधीशले सोमबार फैसला भने सुनाएनन् ।
कलकत्ता उच्च न्यायालयका मुख्य न्यायाधीश थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरूद्ध रोयको संयुक्त इजलासमा सोमबार अन्तिम सुनुवाइ भएको थियो । सुनुवाइपछि मुख्य न्यायाधीश राधाकृष्णनले जेलमा रहेका अरू सबै मानसिक अवस्था कमजोर भएका कैदीहरूका लागि केही दिनभित्रै महत्वपूर्ण फैसला गर्ने बताएका थिए।







डिसी नेपाल








Facebook Comment