आज चैत ३ गते मंगलबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
आज वि.सं.२०७७ साल चैत ३ गते, मंगलबार । सन् २०२१ मार्च १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । द्वितीया तिथि । चन्द्रमा मेष राशिमा। काठमाडौंमा सूर्योदय बिहान ६ः१५ र सूर्यास्त बेलुकी ६ः११ मिनेटमा
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ जिम्मेवारीमा व्यस्तता बढ्नेछ । हतारमा काम बिग्रिनेछ। हिंड्डुलमा सास्ती बढी हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रा झन्झटिलो हुनेछ । पैसाको अभाव रहनेछ। मानसिक चिन्ता बढ्नेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कृषि पशु धनको प्राप्ति मिल्नेछ । धनको इच्छा पूर्ति हुनेछ। व्यापारमा फाइदा मिल्नेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ठुलाबडाको साथ मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ। मान सम्मानको सम्भावना रहनेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम शुरु हुनेछन् । धर्ममा रुचि जानेछ। सामाजिक कार्यमा व्यस्त भइनेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा समस्या हुनेछ । गल्तीले अपमान हुन सक्नेछ। काममा बाधा आउनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) साझेदारी काम अघि बढ्नेछ। प्रेममा सम्वन्ध सुधारिनेछ। व्यवसायिक यात्रा सफल हुनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) शत्रुबाधा एवं झमेला कम हुुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो ऋण कम हुनेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सन्ततिबाट प्रगति धनको सुख मिल्नेछ । शिक्षामा प्रगति हुनेछ। व्यापारमा फाइदा मिल्नेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मित्रतामा दरार आउनेछ। हिड्डुलबाट समस्या आउनेछ। घरायसी विवाद हुनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाइको साथ मिल्नेछ ।साथीसँग छोटो यात्रा हुनेछ। पारिवारिक जिम्मेवारी थपिनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैतृक धनको जोहो बढ्नेछ। वोलीले साथ दिनेछ। आफन्तको सहयोगले सम्पत्ति बढ्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment