कालीप्रसाद बाँसकोटा किंग्स लाउञ्जमा गुञ्जिने

डिसी नेपाल
३ चैत २०७७ १३:३७
212
Shares

काठमाडौं। गायक तथा संगीतकार कालीप्रसाद बासकोटा पोखरास्थित किंग्स लाउञ्जमा बुधबार साँझ गुञ्जिने भएका छन् । पोजेटिभ भाइब्स र किंग्स लाउञ्जले संयुक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा काली आफ्नो व्याण्डसहित गुञ्जन लागेका हुन्।

कालीका अनुसार पोखरामा झण्डै दुई वर्षको अन्तरालपछि व्याण्डसँग प्रस्तुत हुन लागेका हुन् । ‘दुई वर्षपछि पोखरामा व्याण्डसँग गीत गाउदैछु । कोभिड महामारीपछि चाहिँ यो मेरो पहिलो कन्सर्ट हो’, कालीले भने ।

कार्यक्रममा कालीले ‘पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो’, ‘नीर कहिले रिसाउने’, ‘साइँली’, ‘हेराइका तालहरुमा’, ‘लप्पन छप्पन’लगायतका झण्डै दश बढी गीत गाउनेछन् । कार्यक्रमका लागि काली पोखरा पुगिसकेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.