गायक तुलसी पराजुलीको ‘खोलीको पानीले’ बजारमा
काठमाडौं। ‘माहुरीको महमीठो जैतुनको तेल, डिब्बा चल्यो ईन्जीन छुट्यो पीरतिको खेल, खोलीको पानीले, माया गर्छु भनेर झुक्याई सानीले’ गायक तथा सर्जक तुलसीपराजुलीको भरखरै बजारमा आएको गीतको केही अंश हो यो।
प्रस्तोता समाजका पूर्व अध्यक्षसमेत रहेका पराजुलीको ‘खोलीको पानीले’ गीतमा रमेश अधिकारीको शब्दरहेका छ। राजनराज शिवाकोटीको सङ्गीत र अशोक तामाङको सङ्गीत संयोजन गरेका छन् भने यो गीत म्यूजिक नेपालको यूट्युव च्यानलबाट सार्वजनिक भएको हो।
भिडिओमा प्रेम थापा, सगुन शाही र निशान क्षेत्रीले प्रमुख कलाकारका रुपमा अभिनय गरेका छन्। गायक पराजुलीका ‘दिक्तेल बजार’, ‘कान्छीको छाता’ लगायतका गीतहरु चर्तित छन्। पूर्वीय लाेकगीतका धराेहर पराजुलीले नेपाली लाेक संगित क्षेत्रमा ठूलाे याेगदान दिएका छन्।
प्रस्ताेता समाजकाे अध्यक्ष रहँदा उनले गाडीमा बज्ने गीतकाे पनि राेयल्टी उठाउनु पर्ने माग राखेका थिए। मान्छेले मनाेरञ्जनका लागि पार्टीमा पनि गीत बजाउँदा राेयल्टी दिनुपर्ने उनकाे भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment