समर्थन फिर्ता भएको छैन: ज्वाला

डिसी नेपाल
४ चैत २०७७ १७:०५
236
Shares

काठमाडौं। बुधबार नेकपा एमालेको ओली समूहले कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेबाट मन्त्री बनेकाहरुलाई राजीनामादिन भन्ने निर्णय गर्यो।

तर, एमालेको तर्फबाट नेतृत्व गर्दै कर्णाली सरकारमा मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एमालेले माओवादीलाई दिएको समर्थन फिर्ता नलिइएको बताएका छन्।

ओली निकट मानिएका यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले बुधबार समर्थन फिर्ता लिँदै आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई राजीनामा दिन निर्देशन दिएको थियो।

सो निर्णय लगत्तै मन्त्री ज्वालाले गुटगत बैठकले गरेका निर्णय आधिकारिक नहुने भन्दै समर्थन फिर्ता नगरिएको बताएका छन्। उनले भनेका छन्, ‘ यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौं। कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौं।’

कर्णाली प्रदेशमा एमालेका २० सदस्य छन्। ती मध्ये कँडेलको अध्यक्षतामा भएको बैठकमा १० जना उपस्थित रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *