आज चैत ७ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
७ चैत २०७७ ६:४४
736
Shares

आज वि.सं.२०७७ साल चैत ७ गते, शनिबार। सन् २०२१ मार्च २० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । षष्ठि तिथि । चन्द्रमा मिथुन राशिमा। काठमाडौंमा सूर्योदय बिहान ६ः१२ र सूर्यास्त बेलुकी ६ः११ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बाेलीवचनको राम्रो प्रभाव पर्नेछ। प्रेममा खुशी बढ्नेछ। धनको सहयोग मिल्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनोरन्जनमा खर्च हुनेछ। नयाँ जिम्मेवारी थपिनेछ। पारिवारिक कठिनाइ हुनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक स्वास्थ्यमा खर्च आउनेछ। सरसामान हराउन सक्नेछ। यात्रा कठिनाइ हुनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषिकाममा फाइदा हुनेछ। पुरानो आम्दामीले गर्जो टर्नेछ। पारिवारिक साथ मिल्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक काममा प्रशंसा मिल्नेछ। राजनीतिक मोह जाग्नेछ। मानसिक तनाव आउनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सामुदायिक काममा व्यस्तता बढ्नेछ। धर्म र सहयोगमा रुचि लाग्नेछ। वैदेशिक काममा दिन बित्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) धेरै बाेल्दा काम विग्रिनेछ। राजनीतिमा झमेला मिल्नेछ। काममा अपजस मिल्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक सहयोग मिल्नेछ। साथीभाइ भेटघाट हुनेछ। रमाइलोमा दिन बित्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  वादविवादमा साथ मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पुरानो काम छिटो बन्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दामी सामान्य हुनेछ। विदेशका सन्तानले धनको सुख दिनेछन्। अध्ययनमा प्रगति हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) महिलावर्गसंग दुष्मनी बढ्नेछ। साथीभाइसँग छोटो यात्रा हुनेछ। घरायसी विवाद बढ्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काममा प्रगति हुनेछ। जिम्मेवारीमा व्यस्तता बढ्नेछ। अरुको काममा खर्च गर्नुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *