आज चैत ९ गते साेमबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
आज वि.सं.२०७७ साल चैत ९ गते, साेमबार। सन् २०२१ मार्च २२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । अष्टमी तिथि । चन्द्रमा मिथुन राशिमा। काठमाडौंमा सूर्योदय बिहान ६ः८ र सूर्यास्त बेलुकी ६ः११ मिनेटमा
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खुशीयाली मनमा बढ्नेछ। कला संगीतमा सफलता मिल्नेछ। जिम्मेवारीमा जस मिल्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अनावस्यक खर्च बढी हुनेछ। बेकारमा भार बेहोर्नु पर्नेछ। साथिभाइमा सरसापटमा धन जानेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पशु चौपायाबाट फाइदा हुनेछ। सवारीसुखमा मोह बढ्नेछ। कृषि अन्नको व्यवसायमा धनार्जन हुनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिक मोह पलाउनेछ। नेतागणसँग सम्बन्ध बढ्नेछ। कला र क्षमताको कदर मिल्नेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्यले साथ दिनेछ। विदेशबाट सहयोग आउनेछ। सामाजिक काममा व्यस्तता बढ्नेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धनको अचानक क्षति हुनेछ। वैदेशिक काममा बाधा देखिन्छ । स्वास्थ्यमा समस्या आउनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक प्रेममा मेलमिलाप रहन्छ। साझेदारीमा फाइदा मिल्नेछ। माया पिरती अघि बढ्नेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) खेलकुद प्रतिस्पर्धामा जीत हुनेछ। पदप्रतिष्ठाको विषयमा विवाद हुनेछ। पराइको सहायतामा धन जानेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नोरञ्जनमा रुचि बढ्नेछ। बौद्धिक क्षेत्रमा पहुँच हुनेछ। अध्ययनको चिन्ता थपिनेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मानसिक अशान्ति बढ्नेछ। आफन्तले धोका दिनेछन्। वादविवादले मित्रता टुट्नेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्त्रीपक्षबाट सहयोग आउनेछ। व्यवसायिक यात्रा हुनेछ। जोस र जागरले कार्य सफल हुनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) टाढाको कुटुम्बबाट धन सुख मिल्नेछ। पुरानो लगानीमा प्रगति देखिन्छ। मीठो खाने लालसा बढ्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment