उत्कृष्ट प्रदर्शन गर्यो भने, नतिजा पनि त्यहिँ अनुसार आउछ : प्रशिक्षक मर्हजन
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल मर्हजनले ‘थ्री नेशन्स कप’ प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन । प्रतियोगिताको पुर्व सन्ध्यामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको ‘प्रि म्याच कन्फेन्स’मा प्रशिक्षक मर्हजनले नेपालको तयारी राम्रो रहेको र युवा खेलाडीहरुले टोलीको लागि उत्कृष्ट प्रदर्शन गर्ने आशा रहेको बताए । मुख्य प्रशिक्षक महर्जनले उत्कृष्ट प्रदर्शन गर्न सफल भएमा नतिजा त्यहिँ अनुसार आउने बताए ।
नेपाली सिनीयर टोलीले लामो समयपछि दशरथ रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको राष्ट्रिय टोलीका उपकप्तान रोहित चन्दले बताए । उनले यो टोलीमा युवा खेलाडीहरु पनि रहेकाले टिम उत्कृष्ट बनेको र नतिजा पनि त्यै अनुसारको आउने बताए । दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् । भोलि (मंगलबार) हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । एन्फाको आयोजनामा दशरथ रंगशालामा हुने प्रतियोगितामा आयोजक नेपाल सहित बङलादेश र किर्गिस्तानको सहभागिता रहेको छ । समुह चरणमा शिर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलसहित फाइनल खेल बेलुकी साढे पाँच बजेबाट खेलाइनेछ ।
थ्रि नेशन्स कपको खेल तालिका :
मार्च २३ – बंगलादेश विरुद्ध किर्गिस्तान
मार्च २५ – नेपाल विरुद्ध किर्गिस्तान
मार्च २७ – नेपाल विरुद्ध बंगलादेश
मार्च २९ – फाइनल
प्रतियोगिताको पुर्व सन्ध्यामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको ‘प्रि म्याच कन्फेन्स’







डिसी नेपाल








Facebook Comment