ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

डिसी नेपाल
९ चैत २०७७ १७:४७
96
Shares

काठमाडौं । ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता यही चैत २१ देखि २८ गतेसम्म नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजना तथा ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा हुदैछ । प्रतियोगिताका लागि क्यान र ललितपुर महानगरपालिकाबीच यसअघिनै सम्झौता भइसकेको छ ।

टी–२० महिला क्रिकेट प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत पुसमा सम्पन्न प्रधानमन्त्री कप महिला प्रतियोगिताको सेमिफाइनल खेलेका प्रदेश नं १, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको टोली तथा ललितपुर महानगरपालिकाको टोलीले सो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले एक लाख ५० हजार, उत्कृष्ट खेलाडीले रु २५, उत्कृष्ट ब्याट्सवुमन र उत्कृष्ट बलरले जनही रु १५ हजार तथा ‘प्लेयर अफ दी म्याच’ले रु तीन हजार पुरस्कार प्राप्त गर्नेछन् ।

क्यानले सोमवार सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेल चैत २१ प्रदेश नम्बर एक र बिभागिय टोली एपीएफ क्लबबीच हुनेछ, सोहि दिन दोस्रो खेलमा सुदुर पश्चिम प्रदेश र ललितपुर मेयर ११ भिड्ने छ । प्रतियोगिताको फाईनल खेल चैत २८ गते हुनेछ ।

ललितपुर मेयर महिला क्रिकेट खेल तालिका :

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.