काठमाडौंमा हुने तेस्रो संस्करण एमएम कपको प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट
काठमाडौं । निजि क्षेत्रबाट आयोजना हुने नेपालको सबैभन्दा ठुलो एकदिवसीय क्रिकेट प्रतियोगिता एमएम कपको तेस्रो संस्करण यस पटक काठमाडौंमा हुने भएको छ । यस अगाडिका दुई संस्करण सुनसरीको ईनरुवामा हुदै आएको प्रतियोगिता यसपटक त्रिवि क्रिकेट ग्राउन्ड र मुलपानी क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका यस अगाडिका दुई संस्करण बिभागीय टोली नेपाल आर्मीले जितेको थियो, भने गत बर्षको संस्करणमा मलेसियाको राष्ट्रिय टोलीले पनि सहभागिता जनाएको थियो । यो प्रतियोगितामा सहभागिता जनाएर धेरै खेलाडीहरुले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन । यस पटकको एमएम कपको सम्पूर्ण डिजिटल राईटस र प्रत्यक्ष प्रसारणको जिम्मा एक्सन स्पोटर्सलाई दिईएको आयोजकले जनाएको छ । सोमवार एक कार्यक्रमका बीच एमएम कपका निर्देशक बिप्लब घोष र आईपीएलका अध्यक्ष दयाराम पाण्डेबीच सम्झौंता पत्रमा हस्ताक्षर भएको छ ।







डिसी नेपाल








Facebook Comment