त्रिदेशीय नेसन्स कपको पहिलो हाफमा बंगलादेशले लियो अग्रता

डिसी नेपाल
१० चैत २०७७ १८:३६
328
Shares

काठमाडौं। त्रिदेशीय नेसन्स कप फुटबलको पहिलो खेलको पहिलो हाफमा बंगलादेशले १-० को अग्रता लिएको छ। दशरथ रंगशालामा भइरहेको पहिलो खेलमा बंगलादेशले किर्गिस्तान विरुद्ध अग्रता लिएको हो। बंगलादेशले पहिलो हाफको २९ औं मिनेटमा आत्मघाती गोलको उपहार पाएको थियो।

किर्गिस्तानका मस्क मिया जोनीले डिबक्स भित्र बल किलिएर गर्न खोज्दा गोल भएको थियो। त्यसपछि दुवै टीमले गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन्। पहिलो हाफको खेल १-० को गोलमा सकिएको छ। केही बेरमा दोस्रो हाफ सुरु हुने छ। नेपाली सिनीयर टोलीले लामो समयपछि दशरथ रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो।

यसपछिको खेलमा बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपाल सहित बङलादेश र किर्गिस्तानको सहभागिता रहेको छ। समुह चरणमा शिर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलसहित फाइनल खेल बेलुकी साढे पाँच बजेबाट खेलाइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *