पाकिस्तानी लिगको एकै खेलमा अनिताको १६ गोल
काठमाडौं । नेपाली राष्ट्रिय टिमका चार खेलाडी आबद्द मासा युनाईटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा फराकिलो जित निकालेको छ ।
मंगलबार भएको खेलमा मासा युनाईटेडले कराची वुमन्सलाई ३५–० गोल अन्तरले पराजित गरेको हो । मासाको जितमा नेपालकी अनिता केसीले १६ गोल गरिन् । यस्तै मिडफिल्डर सरु लिम्बुले १० गोल गरिन् । अरिबाले ३ तथा सम्रोज समिरानाले दुई गोल गरिन् । गीता रानाले २ गोल गरिन् । गोलकिपर एन्जिलाले समेत २ गोल गरिन् ।
नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिएको मासाको यो लगातार तेस्रो जित हो । पहिलो खेलमा मासा युनाईटेडले सियालकोट सिटीलाई १९–० गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा मासाले हाइयर एजुकेसन कमिसनलाई ४–० गोल अन्तरले हराएको थियो ।







डिसी नेपाल








Facebook Comment