३३ करोडमा बिक्यो ५ शब्दको सामान्य ट्वीट, बेचेर आएको सबै पैसा दान गरिदिए

डिसी नेपाल
११ चैत २०७७ १२:५२
6.4k
Shares

काठमाडौं। ट्वीटरका सीइओ ज्याक डोर्सीको पहिलो ट्वीट एक लिलामीमा बिकेको छ । यो ट्वीट २.९ मिलियन डलर (३३ करोड ६० लाख रुपैयाँ) मा बिक्री भएको हो । ज्याकले यो ट्वीटबाट आएको सबै रकम अफ्रिकामा समाजसेवाको लागि एक एजेन्सीलाई बिटक्वाइनको रुपमा दान दिएका छन् । ज्याकको यो ट्वीटले नन फंजिबल टोकनको दर्जा पनि पाएको छ । यो ट्वीट ज्याकले २००६ मा गरेका थिए ।

ज्याकले पहिलो ट्वीटमा ५ शब्द ‘जस्ट सेटिङ अप माइ ट्वीटर’ लेखेका थिए ।बीबीसीका अनुसार ज्याकको यो ट्वीटलाई ब्रिज ओरेकल नामको प्रविधि कम्पनीका सीइओ सीना एस्ताभिले किनेका हुन् । ज्याकले बिक्रीबाट आएको रकम अफ्रिका रेस्पोन्स नामक संस्थालाई दान दिएको बताएका छन् । बिक्री भइसकेपछि पनि ज्याकको यो ट्वीट ट्वीटरमा आमा मानिसहरुले हेर्न सक्ने गरी सामान्य रुपमै रहनेछ । यो ट्वीट कहिलेसम्म अनलाइन राख्ने भन्ने कुरा ज्याक र ट्वीटरमै निर्भर रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *