केटा साथीलाई बोलाएको भन्दै घरबेटीले युवतीलाई ६ तलाबाट फ्याँकेर मारिदिए

डिसी नेपाल
११ चैत २०७७ १६:३८
1.3k
Shares

काठमाडौं। आफ्नो फ्ल्याटमा केटा साथीलाई बोलाएको भन्दै एक जना घरबेटीले आफ्नो घरमा भाडामा बस्ने एक युवतीलाई पहिले निर्घात कुटपिट गरी ६ तला माथि रहेको फ्ल्याटबाट बाहिर फ्याँकेर हत्या गरेका छन् । महिलाका घरबेटी, छिमेकी र डोरम्यानले मिलेर उनलाई निर्घात कुटपिट गरेर मारेको बताइएको छ । इजिप्टको स्थानीय मिडियाका अनुसार ती महिला डाक्टर हुन् । ३४ वर्षकी उनले पुरुष साथीलाई कोठामा ल्याएपछि घरबेटीसहितका व्यक्तिहरु रुष्ट थिए ।

अल अराबीका अनुसार कायरोमा बस्ने यी महिलाको माथिबाट भुइँमा खसेपछि घटनास्थलमै मृत्यु भयो । महिलाका घरबेटी, उनका छिमेकी र डोरम्यानलाई पक्राउ गरिएको छ । उनीहरु पहिले महिलाको अपार्टमेन्टमा पसेर उनलाई निर्घात कुटपिट गरेपछि उनलाई उनकै अपार्टमेन्टको बाल्कोनीबाट तल फ्याँकिदिएका थिए । महिलाका घरबेटीले भने सबै आरोप अस्वीकार गर्दै महिला पहिलेदेखि नै मानसिक रोगी भएको र उनले आत्महत्या गरेको दावी गरेका छन् ।

इजिप्टमा महिला अधिकारकर्मीहरुले यो घटनाको कडा आलोचना गरेका छन् । राट्रिय महिला काउन्सिलले पनि एक वक्तव्य जारी गर्दै घटनाको भर्त्सना गरेको छ । इजिप्टमा महिलाहरुलाई निकै प्रतिबन्धहरु लगाइन्छ र बिहे नगरी पुरुषसँग भेट्नु धेरै लज्जाको विषय मानिन्छ । यसअघि इजिप्टमा केही कानुन पारित भएका छन् जसका विरुद्धमा महिला अधिकारकर्मीहरुले प्रदर्शन गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *