इटलीका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनी फेरि अस्पताल भर्ना

डिसी नेपाल
११ चैत २०७७ २२:४९
28
Shares

रोम । इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनी फेरि अस्पताल भर्ना भएका छन् । अदालतमा सुनुवाई चलिरहेका बेला उनलाई बुधबार फेरि अस्पताल भर्ना गर्नुपरेको उनका वकिलहरूले जानकारी दिएका छन् ।

“गत सोमबारदेखि नै उहाँलाई स्वास्थ्यमा समस्या देखिएको थियो, त्यसपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ,” मिलानमा भएको सुनुवाइका क्रममा उनका वकिल फेडेरिको सेक्केनीले भने ।

सन् १९८० को दशकदेखि इटलीमा प्रभावशाली व्यक्तिका रूपमा रहेएका बेर्लुस्कोनी इटलीको तीन पटक प्रधानमन्त्री बनेका थिए । उनि सञ्चार उद्यमीसँगै अरू धेरै व्यवसायिक संलग्नताका कारण देशमा प्रभावशाली बन्दै राजनीतिक नेतृत्वमा आएका हुन् ।

लामो समय देशमा निर्णायक जस्तै बन्दै आएका बेर्लुस्कोनी पछिल्लो केही समयदेखि अस्वस्थ भएका हुन् । उनि अहिले ८४ वर्ष पुगेका छन्। सन् २०१६ मा उनको मुटुको शल्यक्रिया गरिएको थियो । गत सेप्टेम्बरमा पनि उनलाई ११ दिन अस्पताल राख्नु परेको थियो । उनलाई त्यतिबेला कोरोनाभाइरसको सङ्क्रमणसमेत पुष्टि भएको थियो ।

उनको उपचारमा संलग्न चिकित्सक र उनका सहयोगीहरूले बेर्लुस्कोनीको अवस्था स्थिर नै रहेको र चिन्ता गर्नु नपर्ने बताएका छन् । शक्ति र स्रोतको दुरूपयोग गरेको र आर्थिक अनियमितता गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनीमाथि अहिले अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.