धानको भन्सार पास बनाएर कपडाको तस्करी, भारतीय ट्रक समातियो

डिसी नेपाल
११ चैत २०७७ २३:१२

काठमाडौं। वीरगञ्ज भन्सारबाट मोटो धानको भन्सार पास बनाएर कपडा भित्र्याइएको खुलासा भएको छ। वीरगञ्जस्थित तिरुपती खाद्य तथा भुसा सप्लायर्सको नाममा ५ सय बोरा धानको भन्सार पास बनाएर ३ सय बोरा धान र ९३ बोरा कपडा नेपाल भित्र्याइएको खुलासा सशस्त्र प्रहरी बेलाले ट्रकको खान तलासी गर्दा भएको हो। सो सप्लायर्सका मालिक दीपेन्द्र प्रसाद कलवार हुन्।

सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको एक ट्रकसमेत नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीका अनुसार सो ट्रकमा १ करोड पाँच लाख मूल्य बराबरको कपडा चोरी पैठारी गरिएको सशस्त्रले जनाएको छ। ट्रक र ट्रक चालक भारतीय नागरिक सुनिल यादवसमेत नियन्त्रणमा छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *