अमेरिकी जनताले युद्ध नचाहेको स्पष्ट सन्देश दिएका छन्: इरानी सभामुख

डिसी नेपाल
१८ कार्तिक २०८३ १४:१६

काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकी निर्वाचनको नतिजामाथि प्रतिक्रिया दिँदै अमेरिकी जनताले युद्ध नचाहेको स्पष्ट सन्देश दिएको बताएका छन्।

जनताले आफ्नो अन्तरात्माको आवाज र रोजीरोटीको चिन्तालाई ध्यानमा राख्दै युद्धको विपक्षमा मतदान गरेको उनको भनाइ छ। उनले जनताको यस निर्णयप्रति समर्थन व्यक्त गरेका छन्।

उनले अगाडि भने, ‘यदि अमेरिकी सरकार अन्य देशहरूको दबाबमा परेर आफ्नै जनताको चाहना विपरीत अगाडि बढ्छ भने, यसले गम्भीर परिणामहरूको सामना गर्नुपर्नेछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *