आरडब्लु च्याम्पियनसीपको तयारी तिव्र, प्रतियोगिताका लागि नेपाली खेलाडीहरु प्रशिक्षणमा

डिसी नेपाल
१२ चैत २०७७ ११:३७
380
Shares

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने आरडब्लु च्याम्पियनसीपका लागि तयारी तिव्र पारिएको छ । प्रतियोगिताका लागि खेलाडीहरु लैनचौरको हनुमान चोक स्थित रिङ रेस्लिङ डोजोमा प्रशिक्षण गरिरहेका छन् । चैत २० र २१ गते पर्यटकीय नगरी पोखरामा हुने प्रतियोगितामा नेपालका ३५ जना रेसलरहरुको सहभागिता रहने छ । प्रतियोगितामा च्याम्पियन हुने रेसलरले नगद १ लाख सहित आर्कषक बेल्ट तथा दोश्रो हुनेले नगद ५० हजार प्राप्त गर्नेछन् । करिब २९ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने आयोजक संघकी महासचिव सुवर्णाकेशरी श्रेष्ठले बताईन । डिसी नेपालसँगको कुराकानीमा श्रेष्ठले प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको र यो पटक नेपालका १४ जिल्लाका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने बताईन । श्रेष्ठले यो प्रतियोगिताले नेपालमा रिङ रेस्लिङ खेलको विकास हुनुको साथै प्रतियोगिताबाट अन्तरराष्ट्रियस्तरका खेलाडीहरु उत्पादन हुनेमा सहयोग पुग्ने विश्वास ब्यक्त गरिन । उनका अनुसार विश्वमा मात्र नभई नेपालमा पनि रेस्लिङ खेलप्रति युवा वर्गको आकर्षण बढिरहेका अवस्थामा खेलको विकास र विस्तार गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रिस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।

सङ्घले यसअघि विसं २०७३ फागुन १८ देखि २१ गतेसम्म पोखरामा नेपाल–भारत मैत्रीपूर्ण प्रतियोगिता र विसं २०७४ फागुनमा अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । यस वर्ष पनि अन्तरराष्ट्रिय प्रतियोगिता आयोजनाको योजना रहे पनि कोरोना भाइरसका कारण सफल हुन नसकेको महासचिव श्रेष्ठले बताईन । उनले भनीन, “गत वर्ष नै हामीले अन्तरराष्ट्रिय प्रतियोगिताको तयारी गरेका थियौँ तर कोभिडका कारणले गत वर्ष सम्पन्न हुन सकेन । यस वर्ष पनि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता नै गर्न प्रतिबद्ध रहे पनि वातावरण अनुकूल रहेन ।”

आरडब्लु च्याम्पियनशिप (रिङ रेस्लिङ)लाई लक्ष्य गरेर हाल खेलाडीहरु लैनचौरको हनुमान चोक स्थित रिङ रेस्लिङ डोजोमा तालिम गरिरहेका छन् । आरडब्लु च्याम्पियनसिपमा नुवाकोटे टाईगर, डेविड, युव, चटान, दिलसा, डेनीका, पल, थागुलगायतको ३२ जना खेलाडी रिङ रेस्लिङ डोजोमा हाल प्रशिक्षणमा जुटेका छन् । अघिल्लो प्रतियोगिताका विजेता डेविड हुन् । प्रतियोगिताको निर्णायकको भूमिकामा मुख्य निर्णायक प्रदिप पाण्डे सहायक निर्णायकहरु शिसम मनी, दिनेश श्रेष्ठलगायत रहने छन् ।

प्रशिक्षणका तस्वीहरु :

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.