त्रिदेशीय फुटबलः नेपाल र कीगिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी
काठमाडौं। थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल अन्तर्गत नेपाल र कीर्गिस्तानबीचको खेलको पहलिो हाफ गोलरहित बराबरी भएको छ। बिहीबार दशरथ रंगशालामा नेपालले कीर्गिस्तानको यू२३ ओलम्पिक टिमसँग प्रतिस्पर्धा गरिरहेको छ।

खेलको पहिलो हाफ सकिँदासम्म दुबै टिमबाट गोल हुन सकेन। नेपालले गोल गर्ने अवसर पाए पनि गोल भने हुन सकेन। पहिलो हाफमा नेपाली खेलाडी कीर्गिज खेलाडीमाथि हावी देखिएका छन्। खेल अवधिभर बल नेपाली खेलाडीकै नियन्त्रणमा थियो। नेपालले एक पटक कर्नरको मौका पाएको थियो भने आधा दर्जन पटक फ्रि किकको अवसर पाएको थियो। तर ती प्राप्त अवसरको सदुपयोग भने हुन सकेन। कीर्गिज टिमले नेपाली पोस्टमा आक्रमण नै गर्न सकेन।

नेपालका लागि दुई खेलाडी सन्जोग राई र त्रिदेब गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन्। किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रेको नेपालको बिहीबार पहिलो खेल हो । कीर्गिस्तानले भने बंगलादेशसँग उद्घाटन खेल खेलेको थियो। जसमा बंगलादेश विजयी भएको थियो ।


तस्वीरः एसके शर्मा
No ads found for this position

डिसी नेपाल
Facebook Comment