त्रिदेशीय कप : नेपाल र किर्गिस्तानको गोलरहित बराबरी
काठमाडौं । त्रिदेशीय कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो । किर्गिस्तानका कप्तानले दुई वटा पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा पकड जमाएपनि गोल गर्न नसक्दा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग बराबरी खेल्नु परेको हो ।यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ ।
यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।
बंगलादेशको १ खेलमा ३ अंक रहेको छ । उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो ।
अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।







डिसी नेपाल








Facebook Comment