पर्यटक आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड जारी

डिसी नेपाल
१२ चैत २०७७ २१:००

काठमाडौं। सरकारले नेपाल आउने पर्यटकलाई व्यवस्थगित गर्ने सम्बन्धमा नयाँ मापदण्ड बनाएको छ। नयाँ मापदण्ड चैत ५ मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। कोरोना महामारीका कारण तहसनहस भएको पर्यटन क्षेत्रलाई उकास्न सहयोग पुग्ने गरी मापदण्ड बनाइएको पर्यटन विभागले जनाएको छ।
विभागले कोरोना कालमा पर्यटन उद्योगलाई अब असर नपर्ने गरी मापदण्ड बनाइएको बताएको छ। मापदण्ड २३ बुँदे रहेको छ।

यसअघि पर्यटन व्यवसायीले पर्यटन उद्योगलाई उकास्न भन्दै १० बुँदे माग राखेका थिए। व्यवसायीको मागलाई सम्बोधन गर्ने गरी मापदण्ड बनाइएको सरकारको दावी छ।

व्यवसायीहरुले ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुका हकमा ५ दिनसम्म अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने प्रावधान हटाउनु पर्ने, अनलाइन र अनअराइभल भिसा तथा विदेशस्थित नेपाली दुतावास वा नियोगहरुबाट भिसाको व्यवस्था पूर्ववत् रुपले गराउनु पर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्ने अथवा तोकिएको स्वास्थ निकायबाट नमुना संकलन गर्ने व्यवस्था गर्न माग गरेका थिए।

यस्तै हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशिघ्र खोल्न पहल गर्नुपर्ने, कोरोना विरुद्धको भ्याक्सिन अग्रपंक्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउनु पर्ने, नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशिघ्र खोल्नु पर्ने, नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न–गराउन पाउनु पर्ने व्यवस्था गर्नु पर्ने माग राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *