बहराइनका राजकुमारले नेपालीमा भने – नेपाल धेरै राम्रो
तस्वीर : एसके शर्मा/ डिसी नेपाल
काठमाडौं। १६ सदस्यीय टोली लिएर काठमाडौं आइपुगेका बहराइनी राजकुमार शेख नसेर मोहम्मद हामेद मोहम्द अलि खालिफाले नेपाली भाषामा नेपाल धेरै राम्रो भएको प्रतिक्रिया दिएका छन्। शुक्रबार डिसी नेपालका लागि फुर्पा शेर्पासँग कुरा गर्दै राजकुमार खालिफाले नेपालीहरु र नेपाल धेरै राम्रो लागेको बताएका हुन्।
हालसम्म बहराइनबाट कोही पनि मानिस सगरमाथा आरोहण नगरेको बताउँदै उनले राजकुमारस्तरको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। नेपाल र बहाराइनबीचको दुइ देशबीचको सम्बन्ध लामो समयदेखि सुमधुर भएको बतउँदै उनले आउने दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

यस्तै उनले हाल बहराइनमा ३५ हजार नेपाली कार्यरत रहको बताउँदै एक हजार जना नेपाली आफ्नै रोयल बर्डिगाडमा कार्यरत भएको बताए।
सगरमाथा आरोहणको लागि टीमका सबै सदस्य उत्साहीत भएको बताउँदै उनले सबै टेर्निङ गरेकोले सगरमाथा आरोहण गर्ने बहराइनीको कीर्तिमान कायम गर्नको लागि आतुर रहेको बताए।
सगरमाथा आरोहणको लागि बहराइनी राजकुमार खालिफा चैत २ गते नेपाल आएका थिए। ७ दिनको क्वारेन्टिन बसाईपश्चात उनी गोर्खाको सामागाउँ घुमेर हाल काठमाडौंमा छन्।
No ads found for this position


Facebook Comment