नेपाल हक्की संघको बैठक सम्पन्न, नवलपरासीको गैडाकोटमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने निर्णय

डिसी नेपाल
१३ चैत २०७७ १७:३४
376
Shares

काठमाडौं । नेपाल हक्की संघको बैठक सम्पन्न भएको छ । बुधवार सम्पन्न भएको बैठकमा संघले विभिन्न निर्णयहरुले लिएको संघका एक पदाधिकारीले जनाएका छन । उनका अनुसार बुधवारको बैठकमा सम्पूर्ण प्रदेशहरुमा जिल्ला कमिटी गठन पुर्नगठन गरी साधारण सभा गर्ने र प्रदेश कमिटी निर्माण गर्ने रहेको छ । त्यसका लागि संघले प्रदेश संयोजकहरु तोकेको छ । संघले तोकेको प्रदेश संयोजकहरुमा प्रदेश नम्बर एकका लागि रञ्जन थापा, प्रदेश नम्बर दुईका लागि मनिष झा, वागमती प्रदेशका लागि मनोज कुमार शर्मा, गण्डकी प्रदेशका लागि हिमाल खड्का, लुम्बिनी प्रदेशका लागि विजयन्त शर्मा र सुदुर पश्चिम प्रदेशका लागि कान्तुराम पनेरु रहेका छन ।

यसका साथै बैठकमा संघले राष्ट्रिय स्तरको क्लब महिला लिग आयोजना गर्ने, स्कुल स्तरिय हक्की प्रतियोगिता आयोजना गर्ने, स्कुल स्तरमा हक्की प्रशिक्षणहरु आयोजना गर्ने निर्णय गरेको छ । संघले एसियन हक्की फेडरेसन र भारतीय सरकारको सहयोगमा नवलपरासीको गैडाकोटमा अस्ट्रो टर्फ खेल मैदान तथा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण कार्यलाई अगाडी बढाउने निर्णय गरेको छ । अन्तराष्ट्रिय हक्की फेडरेसनको साधारण सभामा सहभागिताका लागि नेपाल प्रतिनिधिको रुपमा संघका अध्यक्ष उमेश लाल श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष अनील प्रसाद शर्मालाई पठाउने बैठकले निर्णय गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.