नेपालले त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज खेल्ने

डिसी नेपाल
१३ चैत २०७७ १७:३८
176
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु भूमिमा त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार त्रिदेशीय सिरिजको घोषणा गरेको हो । त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुने क्यानले बताएको छ ।

टियु क्रिकेट मैदानमा हुने सिरिज बैशाख ४ देखि ११ गते (अप्रिल १७–२४)सम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।

कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गर्दै सिरिजमा सहभागी सबै टिमका खेलाडी र म्याच अफिसियल बायो बबल्सभित्र राखिने छ । यस्तै पीसीआर टेस्ट समेत गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.